Logo २५ कार्तिक २०८२, मंगलबार | Wed Nov 12 2025


भक्तपुरमा कविता वाचन गर्दै महिला दिवस मनाइयो


0
Shares

भक्तपुर । १११ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसका अवसरमा कवितामार्फत महिला मुक्तिको माग गरिएको छ ।

‘युवाका साथ साथ आवाज नेपाल’ नामक संस्थाले कविता वाचन र दिप प्रज्वलन गरेर महिला दिवस मनाएको हो ।

कार्यक्रममा युवाहरुले महिला अधिकार, लैङ्गिक समानता जस्ता बिषयबस्तुमा आफ्नो कविता प्रस्तुत गरेको संस्थाका सचिव श्रीकृष्ण थापाले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि कलाकार घनश्याम गौतमले प्रचण्डकोअभिनय मार्फत सूचनामुलक सन्देश दिनुभएको थियो ।