ताप्लेजुङ । काबेली ‘बी वान’ जलविद्युत आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत दशैं अगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भएको छ ।
आयोजनाको निर्माण पूरा भएसंगै परीक्षण उत्पादन सुरु गरिएको छ ।
दशैँ अगावै काबेली करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोड्न आवश्यक तयारी भइरहेको आयोजना निर्माण कम्पनी अरुण काबेली पावर लिमिटेडका निर्देशक रमेश न्यौपानेले जानकारी दिए ।
ताप्लेजुङ र पाँचथरको सीमानामा बग्ने काबेली नदीबाट उत्पादित विद्युत पाँचथरको अमरपुरस्थित काबेली करिडोरको सबस्टेशनमा जोडिने छ ।
झन्डै ५ अर्वको लगानीमा आयोजना सम्पन्न भएको हो ।
तीन वर्षमा निर्माण पूरा गर्ने गरि २०७२ साल बैशाखदेखि आयोजनाको निर्माण सुरु भए पनि निर्धारित समयमा नसकिएपछि म्याद थप गरि निर्माण कार्य अघि बढाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्