४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


व्यावसायिक क्षेत्रमा महिला सहभागिता बढ्यो, अझै बढ्नुपर्छ– उपराष्ट्रपति पुन


0
Shares

काठमाडौं । उपराष्ट्रपत्ति नन्दबहादुर पुनले पछिल्लो समय व्यावसायिक क्षेत्रमा महिला सहभागिता बढेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको १ सय ११ औं महिला दिवस तथा नेपाल वुुमन ट्रेड फेयर कार्यक्रममा उपराष्ट्रपत्ति पुनले देश विकासको हरेक क्षेत्रमा महिलाको महत्वपूर्ण भूमिका रहने बताउँदै व्यावसायिक क्षेत्रमा अझै महिला सहभागिता बढे पनि अझै बढ्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय बलात्कारपछि हत्याको घटना न्यूनिकरण समेत गर्न नसकेको स्वीकार गर्र्दै उपराष्ट्रपति पुनले कानुनी कमजोरी वा मानसिकताले हिंसा दोहोरिएको बताउनुभयो । अझै पनि महिलाले सुरक्षित महसुस गर्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । महिला हिंसाको अन्त्य गरेमात्रै महिलाले सुरक्षित अनुभव गर्न सक्ने उहाँको तर्क छ ।

कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाहरूलाई व्यवसायमा उत्पेरित गर्न सरकारले ब्याजमा सहुलियत तथा कर छुट गर्नुपर्ने बताउनुभयो । व्यवसायमा महिला सहभागिता बढिरहेको भन्दै अध्यक्ष श्रेष्ठले सरकारले ब्याजदरमा सहुलियत र कर छुट गर्दा महिलाले सुरु गरेको व्यवसाय प्रवद्र्धनका गर्न सकिने बताउनुभयो ।

चेम्बर अफ कमर्शकी महिला चेम्बर सभापत्ति उर्मिला श्रेष्ठले महिलाको आर्थिक स्तर सुधार नगरी महिलाको जीवनस्तर सुधार्न नसकिने जिकिर गर्दै आर्थिक स्तर सुधारमा सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । आर्थिक रूपमा बलियो हुन अझै पनि चुनौतीपूर्ण रहेको भन्दै उहाँँले नेपालमा महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरणमा सहयोग गर्न सरकारले कर छुट र सहुलियतको व्यवस्था गर्न माग गर्नुभयो ।

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा चेम्बरले होटल ¥याडिसन काठमाडौंमा महिलाहरुले उत्पादन गरेका खाद्य सामग्री देखी घरेलु उत्पादनका सामग्रीको प्रदर्शनी समेत सुरु गरेको छ । प्रदर्शनी बुधबार सम्म चल्ने छ ।