काठमाडौं, असोज १ । नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका ज्येष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको जनाएको छ ।
निगमको निर्णयअनुसार यो व्यवस्था यही असोज १ गतेदेखि लागू भएको जनाइएको छ ।
ज्येष्ठ नागरिकले ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराएपछि ५० प्रतिशत छुटको टिकट निगमको कार्यालयबाट उपलब्ध गराइने जनाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले घोषणा गरेको कार्यक्रमहरुमध्ये यो पनि समावेश भएकाले निगमले यसलाई कार्यरुपमा ल्याउन ५० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वलाई कार्यरुप दिन क्यान्सरपीडित बिरामीहरुलाई पनि निःशुल्क र छुटका टिकट उपलब्ध गराउँदै आएको निगमले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्