
काठमाडौं, असोज १ । बुधबार पनि पुँजीबजारमा दोहोरो अंकको वृद्धि आयो ।
यसदिन सेयरबजार परिसूचक नेप्से साढे २२ अंकले बढेर ११ सय ७३ विन्दुमा पुग्यो । मंगलबार पनि नेप्से २७ अंकले बढेको थियो ।
यसदिन कारोबार भएका सबै समूहमा वृद्धि आयो । जीवनबिमा समूह सबैभन्दा उच्च १७१ अंकले बढ्यो भने निर्जीवन बिमा समूह पनि १४३ अंकले उक्लियो ।
वाणिज्य बैंक समूहमा पनि १८ अंकको सुधार आयो । व्यापार समूह भने स्थीर रह्यो ।
यसदिन कारोबार परिमाणमा पनि वृद्धि आयो । १७१ कम्पनीका १६ लाख ४५ हजार कित्ता सेयर ४७ करोड ६८ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्