
काठमाडौं, असोज १ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘पर्यटन वर्ष २०२०’ नेपालीको साझा अभियान भएको बताएका छन् ।
यो अभियान सफल बनाउन सरकार, व्यक्ति, संस्थामात्र नभइ सबै नेपाली लाग्नुपर्ने उनको भनाइ छ ।
पर्यटन वर्ष २०२० सचिवालयले भ्रमण वर्षको वेबसाइटसहित सामाजिक सन्जाल र समाचार पोर्टलको सुभारम्भ गर्न आयोजित कार्यक्रममा मन्त्री भट्टराईले यो अभियान सफल बनाउन सरकार अगाडि बढिसकेको पनि बताए ।
सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित यो अभियान घोषणा गरेको छ ।
भ्रमण वर्षका संयोजक सुरज वैद्यले २० लाख ‘गुणस्तरीय’ पर्यटक भित्र्याउन प्रचारप्रसारलाई तीव्रता दिइएको बताए ।
प्रचारप्रसारका लागि वेबसाइट, समाचार पोर्टल प्रयोगमा ल्याइएको उनले बताए ।
वेबसाइटको पर्यटनमन्त्री भट्टराईसहित प्रदेश–३ प्रमुख अनुराधा कोइराला, पर्यटन मन्त्रालयका सचिव, पर्यटन वर्ष २०११ का संयोजकलगायतले संयुक्तरुपमा शुभारम्भ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्