Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


जोन्टा क्लबद्धारा प्रेरणादायक महिलालाई सम्मान


0
Shares

काठमाडौं, फागुन २३ । अन्तराष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा आइतबार जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक र साहसी १२ जना महिलालाई सम्मान गरेको छ ।

विभिन्न परिस्थितिका बाबजुत उनीहरुको योगदान र उपलब्धीलाई सम्मान गर्न आफ्नो बार्षिक कार्यक्रम येलो रोज डे मा उनीहरुलाई सम्मान गरेको हो ।

मानव र महिला तस्करी विरुद्ध लडेकी एसएसपी किरण बज्रचार्यलाई प्रिन्सेस हेलेन शाह इनस्पीरेशन उमन अफ द इयर अवार्डबाट सम्मान गरिएको छ भने अमर राना गेम चेन्जर अवाई बाट ब्लाइन्ड रक्स्की संस्थापक सृष्टी के सी सम्मानित हुनु भएको छ ।

यस्तै छाउपडि विरुद्धको अभियान चलाउने कालिकोटकी सकुन्तला कुमारी बुढा, विगत १३ वर्ष देखि प्लम्बरको काम गर्दै आएकी पहिलो महिला सुमित्रा श्रेष्ठ, असनको अन्नपूर्ण मन्दिरकी पहिलो महिला पुजारी सहनशीला शर्मा झा, पहिलो महिला आर्मी काउन्टर इन्सर्जरी एण्ड जंगल वारफेयर ट्रेनिङ्ग गर्ने राधिका थापा लगायत १२ महिला सम्मानित भएका छन् ।