
काठमाडौं, फागुन २३ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले उपभोक्तामाझ विभिन्न नयाँ खाता योजना ल्याइरहेका छन् ।
यसै सिलसिलामा ग्लोबल आइएमई बैकले मेरी उनीलाई मुद्दती खाता नामको नयाँ योजना सञ्चालमा ल्याइरहेको छ ।
यो योजनाले महिलाको आर्थिक स्तर बृद्धि गर्न दीर्घकालिन भुमिका खेल्ने दाबी बैंकको छ ।
बैकले यो मुद्दती खातामा शुरुमा एक लाख बचत गर्ने र त्यसपछि ५० हजारका दरले थप गर्दै जान सक्ने व्यवस्था गरेको छ ।
शिक्षा आर्थिक लगायत विभिन्न कोणबाट पछि परेका महिलालाई उद्यमशील बनाउने लक्ष्यले यो अभियान संचालन गरेको बैकले जनाएको छ ।
वित्तीय कार्य भन्दा पनि यसलाई सामाजिक दायित्वका रुपमा लिएको बैंकको दाबी छ ।
महिला वित्तिय रुपमा सुरक्षित भए परिवार सुखी र खुसी हुने भन्दै बैकले यस्ता अभियान लाई निरन्तरता दिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्