Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सर्वोच्चको फैसला बेठिक समयको न्याय : देव गुरुङ


0
Shares

काठमाडौं, फागुन २३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङ्गले ओली दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने
सर्वोच्च अदालतको फैसलालाई ‘बेठिक टाईम’को न्यायको संज्ञा दिनुभएको छ ।

संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कदै गर्दा संसद सचिवालय सिंहदरबारमा संचारकर्मीलाई फैसला बारे प्रारम्भिक प्रतिक्रिया दिदै नेता गुरुङ्गले ‘बेठिक टाईम’मा न्याय दिने काम भएको बताउनुभएको हो ।

उहाँले अदालतको फैसलाले दलको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको ‘डेढलक’लाई अझै मद्दत पुग्न सक्ने बताउनुभयो ।

उहाँले फैसला संगै पुर्व नेकपा एमाले र पुर्व नेकपा माओवादी केन्द्रलाई व्युँताई यथास्थानमा गयो भन्न नमिल्ने तर्क गर्नुभयो ।

उहाँले पार्टी एकीकरण पछि ३ बर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुदैमा एकीकरणका सबै अवहेव मेटिन नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले सर्वोच्च अदालतको फैसलालाई नमान्ने कुरा नभएपनि यसले विभिन्न ठाउँमा साईड इफेक्ट पार्ने बताउनुभयो ।