
काठमाडौं । नेपाल पर्यटन बोर्डले डेंगीबाट बच्नुपर्ने भएपनि यसबाट पर्यटक अत्तालिन नपर्ने जनाएको छ ।
बोर्डले बुधबार पत्रकार सम्मेलन गरी यसबारे नकारात्मक प्रचार नगर्न समेत आग्रह गरेको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले संचारमाध्यममा आउने समाचारले नेपाल भ्रमणमा आउन लागेका पर्यटकमा नकारात्मक सन्देश जान सक्नेतर्फ सचेत हुन आग्रह गरे ।
पत्रकार सम्मलेनमा इपिडिमियोलोजी एण्ड डिजिज् कन्ट्रोल डिभिजनका निर्देशक डा. विवेक कुमार लालले डेंगीले विकराल रुप नलिएको बताए ।
उनले डेंगी लागेमा सिटामोलको प्रयोग र आरामले निको हुने भन्दै केही निजी अस्पतालले व्यापार गरेको आरोप लगाए ।
डेंगी केहीलाई दशा भएपनि निजी अस्पताललाई दशैं भएको उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्