Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


मेलम्ची सुरु हुँदा कपाल कालो थियो, पूरा हुँदा कपाल कतै कालो रहेन– प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम सुरु कालो कपाल पानी आउँदा फुलेको बताउनुभएको छ ।

शनिबार मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आयोजना सुरु हुँदा कालो कपाल अहिले सेतै भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मेलम्चीको कुरा हुँदा मेरो कपाल कालो थियो पूरा हुँदा कतै कपाल कालो रहेन ।’

प्रधानमन्त्री ओलीले पार्टीकै मानिसहरुले काम गर्न नदिएको कुरा मेलम्चीको पानी सुन्दरीजल आएपछि पनि प्रमाणित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीमा काम गर्न नदिने मानिसहरु थिए, फागुन १० गतेपछि मैले गरेको उद्घाटन र शिलान्यासको कुरालाई हेर्नुभयो भने पनि थाहा हुन्छ ।’

सरकारले लोकप्रिय काम गर्न थालेपछि आफ्नै पार्टीका साथीहरुले प्रधानमन्त्रीबाट हटाउन लागेको आरोप लगाउनुभयो । २३ सिट जितेको कांग्रेससँग प्रधानमन्त्री बन्दिनुपर्यो भनेर एक हल बुढानिलकण्ठतिर लागेको उहाँको भनाइ छ । कर्मचारी र जनतालाई विकास निर्माणका काममा ध्यान दिन आग्रह गर्दै उहाँले आफूहरूले उनीहरूलाई तह लगाइदिने चेतावनी दिनुभयो ।

शनिबार प्रधानमन्त्री सुन्दरीजलमा मेलम्चीको पानी आउने भएपछि अवलोकनका लागि पुग्नुभएको हो । उहाँले काम सम्पन्न भएकोमा खानेपानी मन्त्रालयको टीमलाई धन्यवाद दिँदै काठमाडौंवासीलाई बधाई पनि दिनुभयो ।