धनकुटा । धनकुटामा क्लाइमेट स्मार्ट भिलेज परियोजना कार्यक्रम सुरु भएको छ ।
किसानलाई सशक्तिकरण गर्ने, आर्थिक स्थितिमा सुधार ल्याउने तथा सरसफाई प्रवद्र्धन गर्ने उद्देश्यसहित धनकुटा नगरमा क्लाइमेट स्मार्ट भिलेज परियोजना कार्यक्रम सुरु भएको छ ।
यूएनडिपी र धनकुटा नगरपालिकाको संयुक्त साझेदारीमा सुरु भएको परियोजनाको कार्यान्वयन गर्ने जिम्मेवारी पर्डेप नेपाल धनकुटाले पाएको छ ।
२ करोड ४३ लाख रुपैयाँ लागत रहेको परियोजनामा यूएनडिपीले १ करोड १३ लाख र नगरपालिकाले १ करोड ३० लाख रुपैयाँ व्यहोर्ने छ ।
कार्यक्रमवाट नगरका १, २, ३ र १० गरि चार वडाका करिव ५ सय घरधुरी समेटिने छन् ।
हरेक घरधुरीलाई सिँचाई सुविधाको लागि प्लाष्टिक पोखरी, टनेल घरमा तरकारी खेती, सुधारिएको गोठ, अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहन दिने लगायतका कार्य गर्ने पर्डेप नेपालका कार्यक्रम संयोजक मीनप्रसाद सुवेदीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्