पाँच वर्षदेखि अलपत्र अप्पर जुनबेसी हाईड्रोपावर निर्माण निश्चित • Image Khabar Image Khabar


पाँच वर्षदेखि अलपत्र अप्पर जुनबेसी हाईड्रोपावर निर्माण निश्चित


Imagekhabar
२१ फाल्गुन २०७७, शुक्रबार १९:२७

पाँच वर्षदेखि अलपत्र अप्पर जुनबेसी हाईड्रोपावर निर्माण निश्चित

काठमाडौं, फागुन २१ । विगत पाँच वर्षदेखि अलपत्र अप्पर जुनबेसी मिनी हाईड्रोपावर निर्माण हुने निश्चित भएको छ ।

बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र सोलुदूधकुण्ड नगरपालिकाबिच सम्झौता भएपछि आयोजना बन्ने पक्का भएको हो ।

बिल गेट्स फाउन्डेसन र तत्कालीन बेनी गाविसबाट प्राप्त रकमबाट बेनी विद्युत उपभोक्ता समितिमार्फत वि.सं.२०७२ सालबाट काम अघि बढाइएको थियो ।

२५० किलोवाट क्षमताको हाईड्रोपवार बाँकी काम सम्पन्न गर्नका लागि सोलुदूधकुण्ड नगरपालिकाका तर्फबाट मेयर नाम्गेलजाङबु शेर्पा र बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

पाँच करोड ५५ लाख ५० हजार रुपियाँको लागतमा निर्माण कार्य सुरु भई अलपत्र बनेको आयोजनाको स्वामित्व नगरपालिकाले लिएसँगै बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले बाँकी रहेको सम्पुर्ण काम गर्ने भएको हो ।

सम्झौता पत्रमा नहर निर्माणको कार्य सकिएको तर सडकले क्षति पु¥याएको स्थानमा पुर्ननिर्माण गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्