Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


सर्लाहीका उखु किसानले अझै ३६ करोड पाउन बाँकी


0
Shares

सर्लाही, भदौ ३१ । सर्लाहीका उखु किसानले सरकारबाट पाउनुपर्ने ३६ करोड १२ लाख रुपैयाँ भुक्तानी अझै पाउन सकेका छैनन् । यो आर्थिक वर्ष ०७५/७६ को बाँकी हो ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ को एक करोड ४३ लाख रुपैयाँ पनि नपाएको गुनासो कृषकको छ ।

गएको वर्ष जिल्लामा ५५ लाख ३३ हजार क्विन्टल उखुको ‘क्रसिङ’ भएको थियो ।

अनुदानवापतको प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा उद्योगले कोष तथा लेखा नियन्त्रण कार्यालयमा आवश्यक कागजात पेस गरेपनि अख्तियारी प्राप्त नहुँदा उद्योगको खातामा रकम राख्न नसकिएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख जगत थपलियाले जानकारी दिए ।

आ.व.०७४/७५ का लागि पठाएको रकम अपुग भएर थप रकम माग गरिएको भएपनि हालसम्म प्राप्त नभएकाले किसानलाई वितरण गर्न नसकिएको प्रमुख थपलियाको भनाइ छ ।

Skip This