२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


लाङटाङको क्यान्जिङमा उत्पादित विद्युत दश महिनादेखि उपयोगविहीन


0
Shares

रसुवा । रसुवा जिल्लाको सबैभन्दा उच्च भागमा रहेको लाङटाङको क्यान्जिङमा उत्पादित विद्युत दश महिनादेखि खेर गई रहेको छ ।

आयोजनाबाट उत्पादित एक सय किलोवाट विद्युत राष्ट्रिय प्रशारण लाईनमा जोड्न नसक्दा दश महिनादेखि खेर गएको हो ।

उत्पादित विद्युत लाङटाङ, मुन्दुम, सिन्दुम तथा क्यान्जिङका दुई सय सोह्र घरले प्रयोगमा ल्याउँदा करिब बीस किलोवाट मात्र खपत हुने र बाँकी ८० किलोवाट खेर गई रहेको विद्युत गृहका कर्मचारीको भनाई छ ।

उक्त विद्युत राष्ट्रिय ग्रिडमा जोड्न करिब ५० किलोमिटर टाढाको चिलिमे जलविद्युत केन्द्रसम्म पुर्‍याउनु पर्ने हुन्छ ।

समुदाय र डब्ल्लु डब्ललु एफ रसुवाको विशेष अनुरोधमा ब्रिटेनमा कार्यरत भूतपूर्व नेपाली सेनाको संगठन काधुरी नामक संस्थाले करिब आठ करोड रुपैंयाँको लगानीमा विद्युत आयोजना निर्माण गरेको हो ।

लाङटाङको लिरुङ हिमालबाट बग्ने छुहाँ खोलामा विद्युत गृह निर्माण गरि बिद्युत उत्पादन गरिएकोे छ ।