२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


काठमाडौं उपत्यकामा ५८ सहित १२० जना संक्रमित थपिए


0
Shares

काठमाडौं, फागुन २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ७६६ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ८३२ रहेका छ ।

गत २४ घण्टामा ६ हजार १ सय ४३ पीसीआर परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

हाल कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५८ जना कोरोना संक्रमित थपिएका छन् ।

जस अनुसार काठमाडौंका ४६, ललितपुरका ५ र भक्तपुरका ७ जना संक्रमित थपिएका छन् ।