१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


पुँजीबजारमा प्रवेश गर्ने उपयुक्त समय : अर्थमन्त्री


0
Shares

काठमाडौं, भदौ ३१ । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारमा लगानी गर्ने समय आएको बताएका छन् ।

विगतमा सेयरबजारप्रति कडारुपमा प्रस्तुत हुँदै आएका मन्त्री खतिवडाले सेयरबजारमा लगानीकर्ताको मनोबल बढाउनुपर्नेमा पनि जोड दिए ।

नवप्रवेशीहरुका लागि यो समय उपयुक्त रहेको उनको भनाइ छ ।

कर्मचारी सञ्चयकोषको मंगलबार आयोजित ५८औं वार्षिकोत्सवमा उनले कर्मचारी सञ्चयकोषजस्ता निकायले सेयरबजारमा लगानी गर्नुपर्ने बताए ।

बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढ्दै गएको, आर्थिक वृद्धिदर राम्रो रहेको र राजनीतिक स्थायित्व पनि रहेकाले दोस्रो बजारमा लगानी गर्ने समय आएको उनले बताए ।

करका समस्या पनि हल भइरहेको उनको भनाइ थियो ।

मुद्राबजारमा भने केही समस्या आएकाले अनुशासनमा रहन निर्देशन दिएको उनले बताए ।

कोषले आर्थिक वर्ष २०७५/०७६ मा तीन अर्ब ७५ करोड रुपैयाँ खुद मुनाफा गरेको जनाएको छ ।

खुद मुनाफा रकमलाई सञ्चयकर्ताको सामाजिक सुरक्षा सुविधा तथा मुनाफा वितरणमा उपयोग गरिने कोषले जनाएको छ ।

कोषमा ६ लाख सञ्चयकर्ता रहेको जनाइएको छ ।

सोही कार्यक्रममा योगदानमा आधारित पेन्सन व्यवस्थापन प्रणालीको अर्थमन्त्री खतिवडाले उद्घाटन गरे ।