१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


रोजगारीका क्रममा साउदी पुगेका १४ श्रमिकको उद्धार गरी नेपाल ल्याइयो


0
Shares

काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकलाई उद्धार गरी स्वदेश ल्याइएको छ । १४ जना श्रमिकलाई स्वदेश ल्याइएको हो ।

उद्धार गरिएकामा धनकुटा निवासी राजन पुवारमगर, नुवाकोटका राज तामाङ र बुद्ध तामाङ्, सल्यानका भरत गिरी र अशोक गिरी, लमजुङ्का देवराज अधिकारी छन् ।

यस्तै, धनुकटाका ढकेश वस्नेत, रौतहटका धीरेन्द्र शाहनी, महोत्तरीका सञ्जिव चमार, अनिल शाह र वीरेन्द्र महतो, सर्लाहीका राजीव शाह, डढेलधुराका गंगाराम पनेरु र तनहुँका अञ्जन परियार छन् ।

उनीहरुलाई समाजसेवी सरिन ख्युङ्वाको पहलमा उद्धार गरि स्वदेश ल्याइएको हो ।

वैदेशिक रोजगारीको शिलशिलामा ती श्रमिक साउदी अरबस्थित मोसल्ट फाउण्डेसनमा काम गर्दै आइरहेको थिए ।

कम्पनीमा कुनैपनि सेवा सुविधा नभएको र विरामी हुँदा उपचारका लागि कुनै चासो नदेखाएको गुनासो श्रमिकहरुको छ ।

बसुन्धरास्थित ग्लोबल राईजिङ् प्लेसमेन्टले श्रमिकहरुलाई साउदीको मोसल्ट फाउण्डेसन कम्पनीमा पठाएको हो ।