२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेशको नाम र राजधानीको टुंगो छिट्टै : मुख्यमन्त्री पोखरेल


0
Shares

अर्घाखाँची, भदौ ३१ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शकंर पोखरेलले प्रदेशको स्थायी राजधानी र नामको टुंगो यसै वर्ष लगाउने बताएका छन् ।

मंगलबार अर्घाखाँचीमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबैतिरबाट सहमति जुटाउने प्रयास भएकाले नाम र राजधानी छिट्टै टुंगो लाग्ने दाबी गरेका हुन् ।

प्रदेश–५ को विकासका लागि प्रत्येक जिल्लामा समिति गठन गरेर सुझाव संकलन गरिरहेको उनको भनाइ थियो ।

कानुन निर्माणमा प्रदेश–५ उत्कृष्ट स्थानमा रहेको भन्दै मुख्यमन्त्री पोखरेलले ढिलो भएपनि विकासका कामहरु राम्रो ढंगबाट भइरहेको धारणा राखे ।