१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


पुनःशिक्षक दरबन्दी स्थानान्तरण


0
Shares

काठमाडौं, फागुन १९ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पुनःशिक्षक दरबन्दी स्थानान्तरण गरेको छ ।

केही महिनाअघि १ सय ८४ दरबन्दी स्थानान्तरण गरेको केन्द्रले दोस्रो पटक २ सय ७१ दरबन्दी स्थानान्तरण गरेको हो ।

केन्द्रले आवश्यकताअनुसार शिक्षक दरबन्दी मिलान गर्ने कार्यलाई निरन्तरता दिइने जनाएको छ ।

पछिल्लोपटक गरिएको दरबन्दी स्थानान्तरण कार्यमा अधिकांश प्राथमिक तहका छन् ।

मनाङ र मुस्ताङका केही माध्यमिक र निम्न माध्यमिक तहका दरबन्दीलाई अन्यत्र सारिएको छ ।

केन्द्रका अनुसार धादिङ, मकवानपुर, नुवाकोट, सिन्धुली, दोलखा, गोर्खा, उदयपुर, नवलपुरपूर्व, बाग्लुङ र जाजरकोटमा दोस्रो चरणको शिक्षक दरबन्दी थपिएको छ ।

तेह्रथुम, काठमाडौँ, ललितपुर, मनाङ, मुस्ताङ, डोल्पा, कास्की, पर्वत र तनहुँबाट दरबन्दी कटौति भएको ।

उपत्यकाभित्र काठमाडौं महानगरपालिकाका ५२, कागेश्वरी मनहरा नगरपालिकाका १३, कीर्तिपुर नगरपालिकाका तीन र गोदावरी नगरपालिकाका १५ दरबन्दीलाई स्थानान्तरण गरिएको छ ।

शिक्षक सेवा आयोग ५ महिनादेखि पदाधिकारी विहिन हुँदा १२ हजार शिक्षकको स्थायी पदपुर्ती हुन सकेको छैन ।