Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


‘सेजन’ नवनिर्वाचित ‘टिम’को सम्मानमा महासंघको स्वागत कार्यक्रम


0
Shares

काठमाडौं, भदौ ३० । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र आर्थिक क्षेत्रमा कलम चलाउने सन्चारकर्मीहरूको सहकार्य महत्वपूर्ण हुने बताएकी छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूको स्वागतमा महासंघले गरेको कार्यक्रममा राणाले मुलुकभित्र आर्थिक विकासको वातावरण बनाउन आगामी दिनमा दुवै संस्थाबीच अझ बढी सहकार्य गर्दै जाने विश्वास दिलाइन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले दुवै संस्थाको कार्यक्षेत्र एकै भएकाले मुलुकभित्र आर्थिक, व्यावसायिक वातावरण निर्माणमा दुवै संस्थाबीच हातेमालो आवश्यक भएकामा जोड दिए ।

सेजनका नवनिर्वाचित अध्यक्ष भीम गौतमले दुवै संस्थाको लक्ष्य मुलुकको आर्थिक समृद्धिका लागि पहल गर्ने रहेकाले आर्थिक क्षेत्रको धेरै पाटोमा सहकार्य गर्न सकिने उल्लेख गरे ।

Skip This