टेकुमा ‘मोटरहेड’को शोरुम • Image Khabar Image Khabar


टेकुमा ‘मोटरहेड’को शोरुम


Imagekhabar
३० भाद्र २०७६, सोमबार २०:१६

टेकुमा ‘मोटरहेड’को शोरुम

काठमाडौं, भदौ ३० । काठमाडौंको टेकुमा ‘मोटरहेड’को शोरुम खुलेको छ ।

मोटरहेड मोटरसाइकलले काठमाडौंको त्रिपुरेश्वर, टेकुमा शोरुम विस्तार गरेको हो ।

नेपालका लागि मोटरहेडको आधिकारिक विक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडका अध्यक्ष शिवप्रसाद घिमिरेले सोमबार यस शोरुमको उद्घाटन गरेका हुन् ।

यस शोरुममा हाल पाँचथरी ‘मोडल’का मोटरसाइकल बिक्री भइरहेको र यिनको खरिदमा निशुल्क ‘थर्डपार्टी इन्स्योरेन्स’ र एक वर्षको ‘रोडट्याक्स’सहित हेल्मेट, टिसर्ट र बाइक कभर उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्