सुन–चाँदीको मूल्य फेरि उकालो • Image Khabar Image Khabar


सुन–चाँदीको मूल्य फेरि उकालो


Imagekhabar
३० भाद्र २०७६, सोमबार २०:१५

सुन–चाँदीको मूल्य फेरि उकालो

काठमाडौं, भदौ ३० । पछिल्ला केही दिन सामान्य ओरालो लागेको सुन–चाँदीको भाउ सोमबार पुनः उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एकैपटक ११ सय रुपैयाँले उकालो लागेर तोलाको ७१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार तोलामा ४०० ले कमी आएर तोलाको ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको ८६५ मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १५ सय १० डलर हाराहारीमा कारोबार भइरहेको थियो । अघिल्लो दिन यसै समयमा १५ सय हाराहारीमा कारोबार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्