
काठमाडौं, भदौ ३० । निर्माण व्यवसायीहरुको सामाजिक छविमै ह्रास आउँदै गएको भन्दै समग्र निर्माण क्षेत्रमा सुधारका लागि सबैपक्ष गम्भीर हुनुपर्नेमा जोड दिइएको छ ।
सत्तारुढ दल नेकपानिकट निर्माण व्यवसायीहरुको संगठन नेपाल निर्माण व्यवसायी संगठनले पहिलो एकता दिवसका अवसरमा सोमबार राजधानीमा गरेको ‘भौतिक पूर्वाधारको विकार र नेपाली निर्माण व्यवसायको अवस्था’ विषयक अन्तरक्रियाका अवसरमा उक्त जोड दिइएको हो ।
कुल बजेटको झन्डै ६० देखि ७० प्रतिशतसम्म खर्च सार्वजनिक खरिदको माध्यमबाट हुने भएपनि निर्माण क्षेत्रमा धेरै समस्या र जटिलता रहेको भन्दै सुधारका लागि जोड दिइएको हो ।
निर्माण आयोजना व्यवस्थापन क्षेत्रमा कार्यरत् प्रा. डा. राजेन्द्र अधिकारीले यससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपालको समग्र आर्थिक, सामाजिक विकासको प्रक्रियालाई प्रत्यक्ष प्रभाव पार्ने सार्ववनिक खरिद, निर्माण व्यवस्थापन र करार प्रशासनको विषयलाई गम्भीररुपमा लिनुपर्नेमा जोड दिए ।
यसको कार्यान्वयनमा संलग्न हुनेहरुको मनोबल उँचो बनाइ उनीहरुको निर्णय क्षमतालाई सुदृढीकरण गर्न र निर्माण क्षेत्रको संस्थागत विकास गर्न ठोस कदम चाल्न जरुरी भइसकको उनले उल्लेख गरे ।
न्यूनतम् कबोल, ‘मोबिलाइजेसन एडभान्स’मा कानुनको गलत व्याख्या गरी दुरुपयोग भइरहेकामा पनि विज्ञ र सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।
निर्माण क्षेत्रमा समय, लागत, गुणस्तर सबैमा समस्या रहेको एवं आवश्यक समन्वय, सुरक्षा र निर्णयकोसमेत अभाव रहेको, समग्र निर्माण व्यवसायको छविमा ह्रास आएको अधिकारीको विश्लेषण थियो ।
प्रतिक्रिया दिनुहोस्