विमानस्थलमा बुद्धको प्रतिमा • Image Khabar Image Khabar


विमानस्थलमा बुद्धको प्रतिमा


Imagekhabar
३० भाद्र २०७६, सोमबार १९:००

विमानस्थलमा बुद्धको प्रतिमा

काठमाडौं, भदौ ३० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भगवान् गौतमबुद्धको प्रतिमा राखिने भएको छ ।

सोमबार विमानस्थलले पत्रकार सम्मेलन गरी यात्री आगमनमा करिब ६ फिट अग्लो ढलौटको बुद्धको प्रतिमा राखिने जानकारी दिएको हो ।

सो अवसरमा विमानस्थलमा थप १०० ओटा सीसीटीभी जडान गर्ने कार्यक्रम रहेकोसमेत जानकारी दिइयो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले सामाजिक सन्जाल र मिडियामा आएजस्तो ‘ब्यागेज’ र ‘लगेज’मा प्वाल पार्ने र सामान हराउने अवस्था नरहेको जिकिर गर्दै कतिपय लगेज नेपाल आइनपुग्दै फोडिएको हुने दाबी गरे ।

उनले नेपाल पर्यटन वर्षलाई लक्षित गरी थुप्रै सुधारका कामहरु पनि भइरहेको बताए ।     

 

प्रतिक्रिया दिनुहोस्