
कपिलवस्तु, भदौ ३० । कपिलवस्तु नगरपालिकालाई खुसा दिसामुक्त पालिका घोषणा गरिएको छ ।
जिल्लास्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति कपिलवस्तुको स्वीकृति तथा नगरस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति कपिलवस्तुको निर्णयानुसार सोमबार कपिलवस्तु नगरपालिकालाई खुला दिसामुक्त पालिका घोषणा गरिएको हो ।
नगरपालिकाभित्र रहेका १२ ओटा वडाका सम्पूर्ण घरमा चर्पी निर्माण प्रयोगमा आइसकेकाले नगरलाई नै खुला दिसामुक्त घोषणा गरिएको नगरप्रमुख किरण सिंहले बताए ।
घोषणा कार्यक्रमलाई सफल पार्न नगरस्तरीय खानेपानी तथा सरसफाइ समितिले विभिन्न उपसमितिहरु गठन गरेको थियो ।
नगरभित्रका वडा नम्बर–५ र ६ लाईसमेत सोमबारै खुला दिसामुक्त वडा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिृकत विमलराज आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस्