
काठमाडौं । सगुनले आफ्ना लगानीकर्तालाई बोनस शेयर उपलब्ध गराउने घोषणा गरेको छ ।
मिनी आइपिओमा लगानी गर्ने समय सकिनै लाग्दा कम्पनीले अन्तिम ५ दिनका लागि यो घोषणा गरेको हो ।
मिनी आइपिओमा १० हजार डलर लगानी गर्नेलाई १ हजार डलर र २० हजार डलर लगानी गर्नेलाई २ हजार ५ सय डलर बोनस शेयर दिने सगुनले घोषणा गरेको हो ।
सगुनले आफ्नो सफल मिनी आईपीओमा लगानी गर्ने म्याद जुलाई २६ मा सकिने समेत जनाएको छ ।
आफ्ना प्रयोगकर्ताहरुलाई कनेक्ट, शेयर, तथा अर्न गर्न मद्दत गर्ने सोसल कमर्स प्लेटफर्म सगुनमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले जुलाई २६ को मध्यरात (अमेरिकाको पूर्वी तटीय क्षेत्रको समय) सम्ममा आवेदन दिनुपर्नेछ ।
कम्पनीले सन् २०१७ मा सानो स्तरमा प्रारम्भिक शेयरमा लगानी गर्ने अवसर प्रदान गरेको थियो जसमा प्रति कित्ता २३ डलरमा कम्तीमा १,००० डलर लगानी गर्नुपर्ने थियो ।
त्यसयता कम्पनीले विश्वभरका ३,५०० भन्दा बढी लगानीकर्ताबाट करिब ५० लाख डलर उठाएको छ भने ४५ लाख डलरभन्दा बढी लगानी निजी स्तरबाट उठाएको छ । कम्पनीले अर्को ५० लाख डलरको रणनैतिक साझेदारीबाट समेत उठाएको छ ।
संसारभरबाट लगानीकर्ता र सर्वसाधारणले सगुनप्रति देखाएको मायाको प्रशंशा गर्दै सगुनका प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले भने, ‘यसबाट हामीले हाम्रा लगानीकर्ताको लागि अवसरले भरिएको संसार निर्माण गर्न चाहन्छौं । उहाँहरुले हामीलाई हाम्रो यात्रामा गर्नुभएको निरन्तर सहयोग र विश्वासप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छौं । हामी विश्वस्त छौं, यसप्रकारको मायाले हामी संसारको सामाजिकीकरणको पद्धतिलाई परिवर्तन गर्ने हाम्रो लक्ष्य प्राप्त गर्न सक्षम हुनेछौं ।’
कम्पनीले सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट अहिले पनि लगानी उठाइरहेको छ ।
लगानी गर्नु अगाडि चाहिने निष्कासन परिपत्र लगायतका विवरण तथा लगानीको अवसरको बारेमा यसको वेबसाइट sagoon.com/invest मा जानकारी पाइने कम्पनीले जनाएको छ ।
सगुनसँग जोडिनको लागि sagoon.com मा जानुहोस् वा कम्पनीलाई फेसबुकमा ‘लाइक’ गर्नुहोस् । रेगुलेशन ए प्लसको माध्यमबाट कम्पनीमा लगानी गर्नको लागि sagoon.com/invest मा जानुहोस् ।
प्रतिक्रिया दिनुहोस्