भारतीय खेलाडीलाई हराउँदै ब्याडमिन्टनमा प्रिन्स दाहालले जिते स्वर्ण • Image Khabar Image Khabar


भारतीय खेलाडीलाई हराउँदै ब्याडमिन्टनमा प्रिन्स दाहालले जिते स्वर्ण


Imagekhabar
३० भाद्र २०७६, सोमबार ०८:११

भारतीय खेलाडीलाई हराउँदै ब्याडमिन्टनमा प्रिन्स दाहालले जिते स्वर्ण

काठमाडौं । नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले दुबई जुनियर इन्टरनेश्नल सिरिजमा स्वर्ण पदक जितेका छन् ।

प्रतियोगिताको यूथ नाइन्टिन पुरुष एकल स्पर्धामा भारतीय खेलाडी वरुण कपुरलाई हराउँदै प्रिन्सले स्वर्ण जितेका हुन् ।

प्रिन्सले विश्व वरियतामा नवौं स्थानमा रहेका कपुरलाई २१–१९ र २१–१९ को सोझो सेटमा हराए । कपुर यो स्पर्धाका साविक विजेता खेलाडी हुन् ।

क्वाटरफाईनलमा भारतकै अर्का खेलाडी रोहण गुर्बानीलाई हराउँदै प्रिन्स सेमिफाइनलमा पुगेका थिए ।

सेमिफाइनलमा भने युएईकै खेलाडी बसन्त कुमार राजेन्द्रनलाई स्तब्ध पार्दै प्रिन्सले भारतका कपूरविरुद्धको फाइनल भिडन्त तय गरेका थिए ।

फाइनलमा जित हात पार्दै प्रिन्सले आफ्नो लोभलाग्दो खेल करियरमा अर्को एउटा अन्तर्राष्ट्रिय उपाधि थपेका छन् ।

प्रतिक्रिया दिनुहोस्