जब प्रचण्डले आफ्नी छोरीलाई भने, ‘‘तिमी क्रान्तिको लागि विवाह पनि गर्न सक्दैनौ ?'' • Image Khabar Image Khabar


जब प्रचण्डले आफ्नी छोरीलाई भने, ‘‘तिमी क्रान्तिको लागि विवाह पनि गर्न सक्दैनौ ?”


Imagekhabar
१८ फाल्गुन २०७७, मंगलवार १०:०५

जब प्रचण्डले आफ्नी छोरीलाई भने, ‘‘तिमी क्रान्तिको लागि विवाह पनि गर्न सक्दैनौ ?''

काठमाडौं । रेणु दाहाल त्यतिखेर १८ बर्षको मात्र हुनुहुन्थ्यो । जब फेब्रुअरी ​​१९९६ मा उनका बुबा पुष्पकमल दाहाल प्रचण्डले नेपालमा राजतन्त्रको बिरूद्ध सशस्त्र आन्दोलनको सुरुवात गर्नु भएको थियो । त्यतिबेला प्रचण्डको उमेर ४४ वर्षको थियो । १९ वर्षीया छोरीले आफ्ना बुबालाई गोला बारुद र बन्दुकका साथ देख्दा कस्तो महसुस गर्लिन् ? रेणु भन्नुहुन्छ, ‘बन्दुक न्याय र निरंकुश शासनको बिरूद्ध थियो।’ प्रचण्डको छ महिनासम्म आफ्नो परिवारसँग भेटघाट हुँदैनथ्यो ।

तर प्रचण्डले नेपालको राजतन्त्र विरुद्ध लडिरहेको बेला पनि आफ्ना छोरीहरूलाई कहिल्यै बिर्सनुभएन । उहाँले आफू एक बुबा पनि भएकोले त्यो जिम्मेवारीलाई कहिल्यै भुल्नुभएन ।

प्रचण्ड चिन्तित थिए कि शसस्त्र युद्ध दुई चार महिनामा अन्त्य हुँदैन्, यस्तो अवस्थामा छोरीहरुको हालत के होला ? उहाँ सधै चिन्तित हुनुहुन्थ्यो । प्रचण्ड तीन छोरीका पिता हुनुहुन्थ्यो । जेठी छोरी ज्ञानु, त्यसपछि रेणु र कान्छी छोरी गंगा।

जनयुद्धु सुरु हुनुभन्दा तीन वर्ष अघि नै जेठी छोरी ज्ञानुको विवाह १९९३ मा मा भइसकेको थियो । राजतन्त्रको बिरूद्ध सशस्त्र आन्दोलन चर्किदै गर्दा दुई छोरी रेणु र गंगा हुर्किरहेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) भित्रमा प्रचण्डकी छोरी रेणुको विवाह सम्बन्धी एक बैठक भयो। पार्टीले रेणुको विवाह प्रस्ताव पारित गर्‍यो। जनयुद्धको शुरू भएको एक बर्ष पछि १९९७ मा थियो । रेणुलाई पार्टीको निर्णय र प्रस्तावप्रति सचेत गराइएको थियो।

रेणु त्यतिबेला १९ वर्षकी हुनुहुन्थ्यो । उहाँलाई केटालाई भेट्न भनियो। उहाँ केटालाई भेट्न भारतको जालन्धर जानुपरेको थियो ।

उहाँ हाँस्दै भन्नुहुन्छ, ‘मान्छे केटीलाई हेर्न जान्छन्, तर म केटालाई हेर्न गएँ। म केटाको घरमा दुई दिन बसे। तर म बिहेको मुडमा थिइन। त्यसबेला म सानो उमेरकी थिएँ । तर बुबा हामीलाई आफूसँगै राख्नको लागि सक्ने अवस्थामा हुनुहुन्नथ्यो। पार्टीको निर्णय थियो कि मैले विवाह गर्नु पर्छ। तर बुबासँग मैले आफ्नो भावना राखे । मैले बुबालाई बिहे गर्दिन भने । बुबाले जवाफ दिनुभयो, मानिसहरूले क्रान्तिको लागि आफ्नो जीवन दिन्छन्, तर तिमी विवाह पनि गर्न सक्दिनौं ? तिम्रो विवाह क्रान्तिको लागी धेरै महत्त्वपूर्ण छ । यसपछि म निशब्द भए ।’

रेणु भन्नुहुन्छ, ‘यदि क्रान्ति छ भने क्रान्तिले मात्रै काम गर्दैन। जीवनको अन्य बाँकी काम पनि क्रान्ति सँगसँगै अगाडि बढ्छ । क्रान्ति र प्रेम सँगै हुन्छ । कहिले प्रेम क्रान्तिमा सहभागी बन्छ भने कहिले क्रान्तिमा प्रेम हुन्छ । मेरो विवाह पनि यस यात्राको एक हिस्सा हो।’

जालंधरमा रेणु भेट्न आएका केटो अर्जुन पाठक हुन्। अर्जुन पाठक त्यसबेला जालन्धर डीएवीमा पढ्दै हुनुहुनथ्यो । अर्जुन पनि जम्मा २१ वर्षको मात्रै हुनुहुन्थ्यो । सन् १९९७ मा भएको त्यो भेटलाई सम्झना गर्दै अर्जुन भन्नुहुन्छ, ‘हामीबीच धेरै कुरा भएन । विवाहको निर्णय पार्टीको थियो र हामी पार्टीको सिद्धान्त र निर्णयहरूमा बाँधिएका थियौं । सत्य भन्नुपर्दा, मलाई पनि विवाहको लागि धेरै चाहना थिएन।’

तर फेब्रुअरी १९९७ मा उनीहरुको गोप्य विवाह लखनऊको लीला होटलमा भयो । रेणु भन्नुहुन्छ, ‘कान्छी बहिनी गंगाले पनि उहाँसँगै विवाह गर्नुभयो। दुबै बहिनीको विवाह आधा घण्टा भित्र सकियो । लखनऊको प्रहरी प्रशासनलाई यो पनि थाहा भएन । यस विवाहमा थोरै व्यक्तिहरू सहभागी थिए। दुबै पार्टीका अभिभावक र पार्टीका केही महत्त्वपूर्ण नेताहरू। हिसिला यामी, बाबुराम भट्टराईकी पत्नी र वर्तमान गृहमन्त्री राम बहादुर थापा बादल उपस्थित थिए।’

अर्जुन पाठक भन्नुहुन्छ, ‘म विवाहको क्रममा बीएस्सी दोस्रो वर्षमा अ ध्ययनरत थिएँ। पार्टीले बच्चाहरूलाई सँगै राखेर कुनै आन्दोलन हुन नसक्ने महसुस गरेको थियो । यस्तो अवस्थामा पार्टी नेताहरूले बच्चाहरूलाई बसोबास गर्ने निर्णय गर्यो । विवाह प्रस्ताव पार्टीबाट आएको हो र पार्टीप्रति आफ्नो प्रतिबद्धताका कारण यो निर्णयलाई स्वीकार्नुपर्‍यो। यो विवाह तब भएको थियो जब प्रचण्ड भूमिगत हुनुहुन्थ्यो । यो विवाह पनि भूमिगत थियो। भारतमा पुलिस प्रशासनबाट समेत बच्चनुपथ्र्यो । यो जनवादी विवाह थियो ।’

अर्जुन र रेणु दुबै यो मान्छन् कि प्रचण्डले बन्दुक उठाउनु भयो त यो समयको माग थियो । किनकी व्यवस्था बहिरो भइसकेको थियो । अर्को तरिकाबाट सुन्न तयार नै थिएन ।

अर्जुन भन्नुहुन्छ, ‘राजतन्त्र सजिलोसँग जाने थिएन । बन्दुक उठाउन मजबुरी थियो । तर हामीले सोचेजस्तो भएन । अझ गर्न बाँकी धेरै छ। अब समय परिवर्तन भएको छ। यो धेरै अघि निस्केको छ । यदि राजतन्त्र फेरि यहाँ आयो र हामी फेरि सशस्त्र क्रान्ति गर्ने सोच्छौ भने त्यो त्यति सजिलो छैन। जुन जनसमर्थन पहिला प्राप्त भएको थियो, अब पाउन गाह्रो छ। नेपालको गृहयुद्ध एक लामो प्रक्रिया पछि शुरू भयो। अब यसको औचित्य पुष्टि गर्न लाग्नु पर्छ ।’

रेणु नेपालको चितवन जिल्लाको भरतपुर नगरपालिकाको मेयर हुनुहुन्छ । अर्जुन हाल सामाजिक विज्ञानबाट पीएचडी गरिरहनु भएको छ । अर्जुन नेपालको गुल्मी जिल्लाका हुनुहुन्छ । अर्जुनका बुबा टेकबहादुर पाठकलाई १९६७ मा भारतीय सेनाको गोर्खा रेजिमेन्टमा भर्ना हुनुभएको थियो । अर्जुन सात वर्षको उमेरमा भारत पुग्नुभएको थियो ।बीबीसी

प्रतिक्रिया दिनुहोस्