बर्दियामा बाघको आक्रमणबाट बेपत्ता लालबहादुरको शव भेटियो • Image Khabar Image Khabar


बर्दियामा बाघको आक्रमणबाट बेपत्ता लालबहादुरको शव भेटियो


Imagekhabar
१८ फाल्गुन २०७७, मंगलवार ०८:२७

बर्दियामा बाघको आक्रमणबाट बेपत्ता लालबहादुरको शव भेटियो

बर्दिया । बाघको आक्रमण बाट बेपत्ता एकजनाको शव भेटिएको छ ।

बर्दिया राजापुर नगरपालिका-१० का लालबहादुर थारुको शव भेटिएको हो ।

हात्तीको सहायताले खोजी गर्दा आधा खाएको अबस्थामा शव फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

सोमबार दिउँसो गेरुवा–६ नौलोवास सामुदायिक नर्सरीमा गोठालो गएका थारुलाई बाघले आक्रमण गरेर लगेको थियो ।

बाघको आक्रमणबाट बर्दियामा एक वर्ष यता सात जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्