
विराटनगर, भदौ २९ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्न तीनै तहका सरकारबीच समन्वयको खाँचो रहेको आँैल्याएका छन् ।
विराटनगरमा दुुई दिनदेखि जारी सुरक्षा बैठकको अन्तिम दिन आज सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले ‘प्रदेशभित्र चन्दा आतंक, लागुुऔषधको ओसारपसार र संगठित अपराध कायमै रहेकाले नागरिकको सुरक्षाका लागि तीनै तहका सरकारले संयुक्त रुपमा भुमिका खेल्नुुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री राईले जनसहभागिताबिना सुरक्षा चुुनौती व्यवस्थापन गर्न कठिन हुने तर्कसमेत गरे । परिवर्तित व्यवस्थाको उपलब्धिलाई संस्थागत गर्न र जनतालाई सुरक्षाको प्रत्याभुति दिन कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।
मुख्यमन्त्री राईले प्रमुख जिल्ला अधिकारीलाई संघीय सरकारको मात्र प्रतिनिधि नठान्न पनि आग्रह गरे ।
बैठकमा प्रदेशका १४ जिल्लाबाट प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्