४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


काम गर्नैका लागि मेरो उम्मेद्वारी: कृष्ण सुवेदी


0
Shares

काठमाडौं । विगत १७ बर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशिल युवा पर्यटन व्यवसायी कृष्ण सुवेदीले गाउँ पर्यटन प्रबद्धन मञ्च,(भिटोफ नेपाल)को आगामी कार्यकालका लागि महासचिवमा पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

यही साउन १५ गते हुने (भिटोफको साधारणसभाको लागि उनले उम्मेद्वारी दिने घोषणा गरेका हुन् । हुन त महासचिव पदमा उम्मेद्वारी घोषणा गर्ने उनि मात्र एक्ला होइनन् ।

सुवेदीसहित पूर्व कार्यवाहक कोषाध्यक्ष दिपक खनाल, पूर्वसदस्य आशुतोस प्रधान र कार्यसमिति सदस्य केपी सुवेदीले पनि महासचिव पदमा दावी प्रस्तुत गरेका छन् । तर सुवेदी भने बलिया प्रतिस्पर्धीको रुपमा अघि आएका छन् ।

सुवेदीले भिटोफमा कुरा मात्र बढी भएको भन्दै काम गरेर देखाउन आफूले महासचिवमा उम्मेद्वारी दिएको बताएका छन् ।

करिब साढे तीन वर्ष पर्यटकको भारी बोकेरै व्यवसाय सुरू गरेका सुवेदीले ग्रामिण पर्यटन विकासका लागि संस्थालाई गतिलो नेतृत्व चाहिएको अवस्थामा आफूले उम्मेद्वारी दिएको बताएका हुन् ।

लामो समय ट्रेकिङ गाईडको रुपमा काम गरेका सुवेदीले नेपालका थुप्रै पहाड, पर्वत र गाउँलेसँग भलाकुसारी गरेका छन् ।

चार बर्ष अघि भिटोफ नेपालको कार्यसमिति सदस्यको रुपमा जिम्मेवारी सम्हालेका सुवेदी हाल संस्थाको सह कोषाध्यक्षसमेत हुन् ।

अहिले पाइरहेको जिम्मेवारीले आफूलाई चाहेको काम गर्न नदिने र चाहेर पनि भिटोफ र ग्रामिण पर्यटनको क्षेत्रमा केही गर्न निमलेकाले अधिकार र कार्यक्षेत्रको हिसावमा नेतृत्वमा बस्न चाहेको बताए ।

सहकोषाध्यक्षको रुपमा काम गर्दा होमस्टे ट्रेकिङ ट्रेल निर्माणको संयोजन गर्ने जिम्मा पाएका उनले एउटा होमस्टेलाई अर्को होमस्टेसँग जोडेर दुई, तीन दिनको प्याकेज निर्माण गर्ने र पर्यटकको बसाई लम्ब्याउने कामको सुरूवात गरेका छन् ।

कास्कीको ताङ्तिङदेखि याङ्जाकोटसम्म ट्रेल निर्माण भइसेकको भन्दै मुलुकमा यस्ता प्रसस्त ठाउँहरूमा सम्भावना भएकाले यदि आफू निर्वाचित भए त्यो गरेर देखाउने प्रण गरे ।

करिब आधा दर्जन प्रतिस्पर्धीमाझ आफूलाई योग्यता, दक्षता र क्षमताले विजयी बनाउने दाबी गरे । ‘म हार्नु पर्ने कुनै कारण छैन। मसँग योग्यता क्षमता र अनुभव भएकाले महासचिवका लागि योग्य छु ।’

यद्यपी उनले सकेसम्म सहमतिमै कार्यसमितिको टुङ्गो लाग्ने बताए । विगतमा जुन कामहरु हामीले गरेका छौँ र कतिपय कामहरु मेरै संयोजकत्वमा पनि भएका छ, तिनीहरुको निरन्तरता र थप विकासका लागि आफूले महासचिवमा उम्मेद्वारी दिएको उनले प्रष्ट पारे ।

यदि महासचिवमा आफू विजयी भए विभिन्न गाउँहरूलाई क्रमशः गन्तव्य गाउँको रूपमा घोषणा गरेर तिनीहरूको प्रवर्धन र थप विकास गर्ने उनले बताए ।

मञ्चको आगामी नेतृत्वका लागि १ महिला सहित ६ जनाले अध्यक्षमा, ४ जनाले महासचिवमा र एक जनाले कोषाध्यक्षमा आफ्नो दावी प्रस्तुत गरिसकेका छन् ।

पूर्व महासचिव राजकुमार थापासहित पूर्व प्रथम उपाध्यक्ष ध्रुव सिंखडा, वर्तमान प्रथम उपाध्यक्ष राम घले, द्वितिय उपाध्यक्ष दीपक दाहाल, वर्तमान महासचिव बासु पाण्डे र सचिव जस्पा पाण्डेले अध्यक्षमा दावी प्रस्तुत गरेका छन् ।

भिटोफ नेपालको साधारणसभा साउन १५ गते हुँदैछ । जसले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व छान्ने छ ।