
काठमाडौं, भदौ २९ । दशैं, तिहार र छठका अवसरमा हवाई भाडामा छुट हुने भएको छ ।
वायुसेवा सञ्चालक संघ नेपालले दशैं, तिहार र छठका अवसरमा आफ्ना सदस्य वायुसेवा कम्पनीहरुमा नेपाली यात्रुहरुलाई साविक भाडादरमा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
असोज १२ गते देखि कात्तिक १७ गतेसम्मको हवाई टिकटमा सम्बन्धित वायुसेवा कम्पनीको काउण्टरबाट खरिद गरेमा नर्मल भाडादरमा एयरपोर्ट ट्याक्स र फ्युल सरचार्ज बाहेकमा १० प्रतिशत छुट दिने संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्