शेयर बजारमा उच्च गिरावट • Image Khabar Image Khabar


शेयर बजारमा उच्च गिरावट


Imagekhabar
२९ भाद्र २०७६, आईतवार १९:५८

शेयर बजारमा उच्च गिरावट

काठमाडौं, भदौ २९ । साताको शुरुको दिन आइतबार पनि शेयर बजारमा उच्च गिरावट जारी रह्यो ।

कारोबार शुरु भएदेखि वियरिष ट्रेण्डमा रहँदै बजार परिसूचक नेप्से झण्डै १८ अंकले ओरालो लागेर ११४० मा आएर थामियो । कारोबार भएका सबै समूह ओरालो लागे ।

जीवन बीमा समूहमा सबैभन्दा उच्च ६६ अंकको गिरावट आयो । निर्जीवन बीमा समूह पनि ५८ अंकले झर्‍यो ।

उत्पादनमूलक, होटल, वाणिज्य बैंक, जलविद्युत र विकास बैंक समूहमा पनि दोहोरो अंकको गिरावट आयो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीको १० लाख ९० हजार कित्ता शेयर जम्मा २९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्