२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्पेनिस लिगमा बार्सिलोना र रियाल मड्रिड विजयी


0
Shares

काठमाडौं । स्पेनिस लिग फुटबलमा गएराति शीर्ष क्लबहरु बार्सीलोना र रियाल मड्रिड विजयी भएका छन् ।

तालिकाको दोस्रो स्थानमा रहेको रियाल मड्रिडले लेभान्तेलाई ३–२ ले हराउँदा बार्सीलोनाले भ्यालेन्सियामाथि ५–२ को जित निकाल्यो । शीर्ष स्थानको एथ्लेटिको मड्रिड भने पराजित भयो ।

एथ्लेटिको मड्रिडलाई रियाल सोसिडाडले २–० ले हराएको हो । यसैगरी भियारियालले लेगानेजमाथि ३–० को जित निकाल्यो ।

स्पेनिस लिग फुटबलमा गएरातीका खेलहरुपछि ४ खेलबाट ९ अंक जोडेको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ ।

समान खेलबाट ८–८ अंक जोडेको रियाल मड्रिड र एथ्लेटिक बिल्बाओ दोस्रो र तेस्रो स्थानमा रहेका छन् । चौथो स्थानको बार्सीलोनाको ७ अंक छ ।