
काठमाडौं, भदौ २८ । यो साता सुन–चाँदीको भाउमा कमी आयो ।
साताभर उतार–चढावबीच सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो भने चाँदी १५ रुपैयाँले घट्यो ।
आइतबार तोलाको ७१ हजार ५०० मा कारोबार भएको सुन शुक्रबार तोलाको ७० हजार ६०० रुपैयाँमा कारोबार भयो ।
सोमबार तोलामा २०० ले बढेको सुनको भाउ मंगलबार र बुधबार ७१ हजारमा स्थीर रह्यो । बिहीबार घटेर ७० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार तोलाको ८८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारसम्म घटेर तोलाको ८७० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्