२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एकै सातामा नेप्से ३३ अंकले झर्‍यो, कारोबार पनि घट्यो


0
Shares

काठमाडौं, भदौ २८ । यो साता पुँजीबजारमा उच्च अंकको गिरावट आयो ।

साताको सेयरबजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा ३३ अंकले झरेर ११ सय ५७ विन्दुमा आइपुग्यो ।

यो साता कारोबार परिमाणमा पनि गिरावट आयो । लगानीकर्ताको मनोबल घट्दा पुँजी बजार निरन्तर आरालो लाग्दै आएको छ ।

यो साता १७० कम्पनीका ६६ लाख ५५ हजार कित्ता सेयर एक अर्ब ५६ करोड रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

गएको साता १६९ कम्पनीका ७० लाख ४९ हजार कित्ता सेयर एक अर्ब ९४ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको थियो ।