२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुना सांस्कृतिक स्थलको भ्रमणमा व्यस्त


0
Shares

काठमाडौं, भदौ २८ । इन्द्रजात्रा हेर्न नेपाल आएका विदेशी पाहुनाहरुलाई काठमाडौंका ऐतिहासिक र सांस्कृतिक स्थलको अवलोकन गराइएको छ ।

काठमाडौं महानगरपालिकाले विभिन्न पाँच देशका ४५ जना विदेशी पाहुनालाई शनिबार चन्द्रागिरि, स्वयम्भूनाथलगायतका स्थानको अवलोकन गराएको हो ।

महानगरपालिकाको निमन्त्रणमा इन्द्रजात्रा हेर्न भगिनी सम्बन्ध भएका पाँच देशका १३ नगरबाट पाँच प्रमुखसहित ४५ जना पाहुना काठमाडौं आएका छन् । 

भ्रमणले ‘भिजिट नेपाल २०२०’ लाई प्रवर्द्धन गर्ने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

अवलोकनकाक्रममा पाहुनाहरुले सांस्कृतिक महत्व बोकेका स्थानहरुकाबारेमा चासो व्यक्त गरेको मेयर शाक्यले जानकारी दिए ।

महानगरले औपचारिकरूपमा पहिलोपटक यसरी विदेशी पाहुना डाकेको हो ।

यही भदौ ३० गते सबै पाहुना आ–आफ्नो देश प्रस्थान गर्ने कार्यक्रम रहेको महानगरले जनाएको छ ।