२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


सागरनाथको अतिक्रमित ‘९८.५ प्रतिशत जग्गा फिर्ता’


0
Shares

प्रकाश मैनाली (इमेज)

सर्लाही, भदौ २८ । सर्लाहीको सागरनाथ वन विकास परियोजनाले अतिक्रमणमा परेको जमिन आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ ।

शनिबार पत्रकार सम्मेलनमार्फत् २०६२ सालदेखि नियन्त्रणबाहिर गएको जमिन लामो संघर्षबाट फिर्ता लिन सफल भएको परियोजना प्रमुख देवेशमणि त्रिपाठीले बताए ।

मूर्तिया क्षेत्रअन्तर्गत्को कुल ३४ हेक्टर क्षेत्रको ९८.५ प्रतिशत जमिन खाली गराउन सफल भएको उनको भनाइ थियो ।

अतिक्रमणबाट मुक्त पारिएको जमिनमा तारबार गरी वृक्षरोपण गर्ने आयोजनाले जनाएको छ ।

यस क्षेत्रमा सुकुम्वासीका नाममा धेरैले जग्गा हडपेर बसिरहेको आरोप लाग्दै आएको छ ।