
मुस्ताङ । हिमालपारी मुस्ताङको पहिलो स्थापना भएको जोमसोम माउन्टेन रिसोर्टको पूरै संरचना परिवर्तन गर्न लागिएको छ ।
तेश्रो मुलुक तथा सार्क राष्ट्रका पर्यटकलाई लक्ष्यगरी २०५७ सालदेखि सेवा सञ्चालन गरेको उक्त रिसोर्टलाई २०७२ सालको भुकम्पले क्षति पुर्याएको थियो ।
कश्मिक एयरको स्वामित्वमा रहेको रिसोर्ट हाल यती एयरले स्वामित्वमा लिई अत्याधुनिक सेवा सुविधासहितको २४ कोठे भवन बन्दै गरेको ईन्चार्ज भरत गौतमले जानकारी दिए ।
४९ रोपनी क्षेत्रफलमा बन्दै गरेको रिसोर्टका प्रत्येक कोठाबाट नीलगिरि हिमाल, तिलिचो जाने मेसोकोन्दो पिक, ढुम्बाताल, ठिनी गाउँ, यारुजो भ्युटावर र कालिगण्डकी करिडोर जस्ता मनमोहक दृष्य अवलोकन गर्न सकिने छ ।
जोमसोम माउन्टेन रिसोर्टपछि मुस्ताङको लोमान्थाङ, थासाङको नाउरिकोट र मुक्तिनाथमा थप तीन वटा रिसोर्ट संचालन भइसकेका छन् ।
आगामी डिसेम्बरमा सम्पन्न गर्ने गरी कामअघि बढेको तथा रिसोर्टको पुरानो नाम परिवर्तन गरी मुस्ताङ माउन्टेन होम रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्