२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


तमोर करिडोरको ट्रयाक खोल्ने काम अन्तिम चरणमा


0
Shares

पाँचथर । २०७४ फागुनदेखि सुरु भएको दु्रतमार्ग तमोर करिडोरको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ ।

पूर्वी पहाडलाई तराईसँग जोड्ने सुनसरीको चतराबाट धनकुटाको मूलघाट, पाँचथरको माझिटार–अमरपुरडाँडा हुँदै गणेश चोक जोड्ने सडकको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको हो ।

उक्त सडकको पाँचथरस्थित हिलिहाङ–५, सुभाङमा पाँच सय मिटर ट्रयाक पूरा हुन बाँकी छ ।

त्यस्तै पाँचथरकै माझिटारमा करीब १२ सय मिटर ट्रयाक पूरा हुन बाँकी रहेको आयोजना हेर्दै आएको मध्यपहाडि लोकमार्गको फिदिमस्थित कार्यालयका सूचना अधिकारी इन्जिनियर सिगु खत्रीले जानकारी दिए ।

१ सय ४८ किलोमिटर दुरीको करिडोरको अन्य स्थानमा करिब ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको इन्जिनियर खत्रीको भनाई छ ।

आयोजनाको ट्रयाक खोल्नेदेखि ग्रावेल गर्नेसम्मको काम सात वटा प्याकेजमा भइरहेको छ ।

करिडोरको ट्रयाक खोल्ने र ग्रावेलको काम ६ अर्ब २३ करोड ४९ लाख रुपैंयाँको लागत रकममा भइरहेको छ ।