नेपाल ओलम्पिक कमिटिको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित • Image Khabar Image Khabar


नेपाल ओलम्पिक कमिटिको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित


Imagekhabar
२८ भाद्र २०७६, शनिबार १३:०३

नेपाल ओलम्पिक कमिटिको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्  ।

एनओसीको  नयाँ नेतृत्वका लागि आज भएको मतदानमा श्रेष्ठ १७ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्व पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरेका थिए ।

यसैगरी महासचिवमा पनि जीवनराम श्रेष्ठ प्यानलका निलेन्द्रराज श्रेष्ठ १५ मत ल्याएर विजयी भएका छन् । उमेशलाल पक्षका पुरेन्द्रविक्रम लाखेले १२ मत पाएका छन् ।

निर्वाचनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र सात सदस्य चयन गर्नेछ । जम्मा २७ जना पदाधिकारी रहेको एनओसीमा २६ जना निर्वाचनमा होमिएका छन् ।

निर्वाचनको पर्यवेक्षण अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिले गरेका छन् ।

यसअघि भदौ २० गतेका लागि तय भएको निर्वाचन सर्वोच्च अदालतको आदेशपछि स्थगित भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्