उदयपुर । उदयपुरका किसान मल नपाउँदा चिन्तित भएका छन् ।
रोपिसकेको धानमा ४५ देखि ६० दिन सम्ममा खेतमा रासायनिक (युरिया) मल हाल्ने गरेका किसान मल नपाउँदा चिन्तित भएका हुन् ।
कृषि सामाग्री कम्पनी लिमिडेटले मल नपठाउँदा उत्पादनमा ह्रास आउने भन्दै किसान निराश बनेका हुन् । उदयपुरमा १२ हजार हेक्टर जमिनमा धान खेती गरिन्छ ।
मौसमले साथ दिए पनि किसानले समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने कृषि ज्ञान केन्द्र उदयपुरका कृषि प्राविधिक उदय नारायण शर्माले जानकारी दिए ।
गत वर्ष उदयपुरमा ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो तर यसवर्ष समयमै मल नपाउँदा ३० प्रतिशतसम्म उत्पादन कम हुनसक्ने विज्ञहरुको दावी छ ।
उदयपुरमा ९७ प्रतिशत धान रोपाइ भएको छ ।
विराटनगर भन्सारमा मल आइसकेको र यसै हप्ताभित्र सबै जिल्लामा मल पुर्याउने कृषि सामाग्री कम्पनी लिमिटेडका पूर्वाञ्चल निर्देशक राजेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्