
काठमाडौं, भदौ २७ । सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भीड लागेको जनाइएको छ ।
बुधबारदेखि सुरु भएको एक्स्पोको शुक्रबारसम्ममा ४० हजारभन्दा बढीले अवलोकन गरेको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ महासंघले जनाएको छ ।
मेला अवधिभर ७५ हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने अपेक्षा महासंघको छ ।
एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्