Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


महाधिवेशन र स्ववियू निर्वाचन गराउन नेविसंघको माग


0
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाइ समितिले रोकिएको महाधिवेशन र स्ववियू निर्वाचनको माग गरेको छ ।

समितिले ‘नेविसंघको बाह्रौं महाधिवेशन र स्ववियू निर्वाचन’ विषयक विचार गोष्ठी गर्दै विद्यार्थीहरूको राजनीतिक भविष्य सुनिश्चित गर्न माग गरेको हो ।

गोष्ठीमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व सभापति गूरुराज घिमिरेले भातृ संस्थालाई निष्क्रिय बनाउने अधिकार पार्टीसँग नभएको बताउनुभयो । ‘विद्यार्थीहरूलाई पार्टीले अनिर्णयको बन्दी बनाउनु सरासर गलत हो,’ उहाँले भन्नुभयो, ‘महाधिवेशनलाई नियमित गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै इकाइ समिति सभापति संजिव ढकालले त्रिविले स्ववियू चुनाव समयमै नगराउँदा शैक्षिक संस्थामा निजिकरण बढेको मार विद्यार्थीले भोग्नुपरेको बताउनुभयो । उहाँले समयमै स्ववियू गर्ने हो भने शैक्षिक संस्थामा बढेको निजीकरण नियन्त्रण हुने ढकलको भनाइ छ ।

कार्यक्रममा नेविसंघ पूर्व सभापति महेन्द्र शर्मा, नयनसिंह महर, पूर्व महामन्त्री गजेन्द्र कार्की, पूर्व उपाध्यक्ष निलकण्ठ रिजाल लगायतको उपस्थिति थियो ।