काभ्रे, भदौ २७ । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर–५ मा रहेको नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्यूटमा विद्यार्थीहरुले तोडफोड गरेका छन् ।
पोलिटेक्निकमा कार्यरत् करार सेवाका कर्मचारीहरुले चारदेखि जारी राखेको आन्दोलनका कारण आफूहरुको परीक्षा रोकिएको र बारम्बार प्रशासनलाई जानकारी गराउँदा पनि सम्बोधन नभएको भन्दै आक्रोशित विद्यार्थीहरुले शुक्रबार शिक्षालयको प्रशासकीय भवनमा तोडफोड गरेका हुन् ।
तोडफोडबाट भवनमा सामान्य क्षति पुगेको छ ।
अहिले चलिरहेको परीक्षा विनासूचना बुधबारबाट रोकिएको र बारम्बार प्रशासनलाई परीक्षा सन्चालन गर्न आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि तोडफोड गर्न बाध्य भएको अध्यनरत् विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीहरुले आफूहरुको भविष्यमाथि खेलवाड भएको भन्दै तत्काल परीक्षा सन्चालन गर्नुपर्ने माग गरेका छन् ।
उनीहरुले परीक्षा रोकिएकोबारेमा प्रशासनको प्रस्ट धारणा आउनुपर्ने, तत्काल परीक्षा सुचारु गर्नुपर्ने माग गरेका छन् ।
यही भदौ २२ गतेदेखि परीक्षा सुरु भएकामा बुधबार र बिहीबार परीक्षा रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्