Logo १० कार्तिक २०८२, सोमबार | Tue Oct 28 2025


रेबानको केन्द्रिय अध्यक्षमा राजभण्डारी र महासचिबमा अधिकारी चयन


0
Shares

काठमाडौं । देशभरका रेष्टुरेन्ट ब्यावसायीहरुका साझा संस्था रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल(रेबान)को केन्द्रिय अध्यक्षमा अरनीको राजभण्डारी चयन भएका छन् । 

बिहीबार अबेर सम्पन्न निर्बाचनबाट प्रथम उपाध्यक्षमा संघर्ष विष्ट साथै उपाध्यक्षहरुमा पोखरा रेबानबाट चौबहादुर गुरुङ र सौराहा रेबानबाट राजन भट्ट चयन भएका छन् । 

महासचिबमा एकराज अधिकारी निर्बिरोध भएका छन् । यसअघि सचिब रहेका अधिकारी ठमेलका व्यवसायी हुन् । सचिबमा उद्धव ढकाल, कोषाध्यक्षमा नरेसध्वज श्रेष्ठ र सह-कोषाध्यक्षमा नृपेष श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरुमा अनुपलाल कक्षपती, सचिन कर्मचार्य, गुणराज श्रेष्ठ, सरद दाहाल, गणेश बहादुर ढकाल, विप्लब भट्ट चुनिएका छन् ।

विधानमा भएको ब्यवस्था अनुसार पदेन सदस्यहरुमा निबर्तमान अध्यक्ष प्रमोद कुमार जैसवाल, पोखरा रेबान अध्यक्ष बुधराज(भिमसेन)भुजेल, सौराहा रेबानबाट गोकर्ण गिरी चयन भएका छन् । विधानमा भएको व्यवस्था अनुसार अन्य तीन जना सदस्य थप गर्न पाइने महासचिब अधिकारीले जानकारी दिएका छन् ।

करिब ६९ जिल्लाका ६ सय बढी सदस्य रहेको रेबानमा निश्चित मापदण्ड पुगेका रेष्टुरेन्ट तथा बारहरुले मात्र सदस्यता पाउने ब्यवस्था छ ।

फुड तथा स्ट्रीट फेस्टिबल मार्फत नेपाली मौलिक खानाको पहिचान, रेष्टुरेन्टमार्फत नै मौलिक खानाहरुको प्रवद्र्धन, नेपालका पर्यटकीय स्थलहरुको प्रचार तथा रेष्टुरेष्ट ब्यवसायीहरुको हकहितमा क्रियाशिल रेबान निकट भबिष्यमै महासंघका रुपमा विस्तार हुने भएको छ ।