निर्वाचन आयोगद्वारा ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति’ स्वीकृत • Image Khabar Image Khabar


निर्वाचन आयोगद्वारा ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति’ स्वीकृत


Imagekhabar
११ फाल्गुन २०७७, मंगलवार १९:४१

निर्वाचन आयोगद्वारा ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति’ स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ स्वीकृत गरेको छ ।

आयोगले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यो नीति ल्याएको हो ।

निर्वाचनको अवधिमा राजनीतिक दल, सञ्चार माध्यम तथा निर्वाचनका सरोकारवालाले सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने निर्वाचन सम्बन्धी सूचनाको अनुगमन गर्न यो नीति स्वीकृत गरिएको आयोगले जनाएको छ ।

निर्वाचनको समयमा सामाजिक सञ्जाल मार्फत बाह्य हस्तक्षेप हुन सक्ने जोखिम भएको र यो नीतिले बाह्य हस्तक्षेप रोक्न सघाउने आयोगको विश्वास छ ।

सामाजिक सञ्जालबाट सिर्जित अवसरको सदुपयोग गर्ने र उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरण गर्ने प्रयास स्वरुप यो नीति ल्याइएको आयोगको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्