
काठमाडौं, साउन ७ । चिनी उत्पादक संघले चिनी व्यवसायमा सरकारले चासो नदिएको गुनासो गरेका छ ।
मौलिक उत्पादनमा रहेको चिनी व्यवसायमा सरकारले चासो नदिएका कारण चिनी उद्योग कठिन अवस्थामा पुगेको संघको भनाइ छ ।
चिनी उद्योगको समस्याबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष शशी अग्रवालले उखुको मूल्य घटाउनुपर्ने माग गरे ।
यस्तै, चिनी आयात गर्न पूर्णप्रतिबन्ध लगाउनुपर्ने, मौज्दातमा रहेको चिनी राज्यले खरिद गर्नुपर्ने, चिनीमा लगाएको भ्याट कम गर्नुपर्नेलगायतका माग पनि संघले अघि सारेको छ ।
हाल १ लाख २४ हजार मेट्रिकटन चिनी मौज्दातमा रहेको अवस्थामा २ लाख १० हजार मेट्रिकटन भारतबाट आयात भइरहेको संघले जनाएको छ ।
चिनी उद्योग विशुद्ध मौलिक उद्योग भएपनि सरकारले सहयोग नगरेको संघको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्