Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ५ लाख नाघ्यो, ५ दिनसम्म शोक


0
Shares

एजेन्सी । अमेरिकामा कोरोनाबाट मर्नेको संख्याम ५ लाख नाघेको छ । अकेरिकाको सरकारी तथ्याकं अनुसार ५ लाख ७१ हजारको कोरोनाको कारण मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या ५ लाख नाघेपछि सोमबार देशका नाममा सम्बोधन गर्नु भएको थियो ।

ह्वाइट हाउसमा आफ्नो भाषणको सुरूमा बाइडेनले पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा बढी मानिस कोरोनाका कारण मरेको बताउनुभयो ।

संसारमा कोरोनाका कारण अमेरिकामा सबैभन्दा बढी मृत्यु भएको छ। राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले भन्नुभयो, ‘एक देशको रूपमा हामी त्यस्तो क्रूर भविष्यलाई स्वीकार गर्न सक्दैनौं। हामीले दुखको भावलाई शान्त हुन दिनुहुन्न।’

‘हामी अक्सर सुन्छौं मानिसको सामान्य अमेरिकी भनिन्छ, त्यहाँ त्यस्तो केहि छैन, तिनीहरू बीच कुनै कुरा सामान्य छैन’, बाइडेनले भन्नुभयो, ‘जसलाई हामीले गुमायौं त्यो असाधारण थिए। जो अमेरिकामा जन्मनुभयो वा आफ्नो देश छोडेर अमेरिका आउनुभयो।’

ह्वाइट हाउसको बाहिर कोरोनाका कारण मर्नेहरुको सम्झनामा मैनबत्ती जलाएर श्रदाञ्जली दिइएको थियो । आफ्ना जीवनसाथीसँग राष्ट्रपति र उपराष्ट्रपतिले मौन धारणसमेत गरेका थिए ।

राष्ट्रपति बाइडेनले सरकारी भवनहरूमा राष्ट्रिय झण्डालाई ५ दिनसम्म आधा झुकाउने आदेश दिनुभयो ।

हालसम्म दुई करोड बढी अमेरिकीहरू कोरोना संक्रमणबाट संक्रमित छन् ।